मंगलवार, १ श्रावण, २०८१

advertisement_1712329002.jpg

काठमाण्डाैको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चाेकसम्म निषेधित क्षेत्र

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ४ मंसिर, २०८०

काठमाण्डाैको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चाेकसम्म निषेधित क्षेत्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले  मंसिर ७ गतेका दिन काठमाडौंको माइतीघर मण्डलामा दुई पक्षले एकै साथ प्रदर्शन गर्ने भएपछि काठमाडौं प्रशासनले त्यसक्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

मंसिर ७ मा एमालेको युवासंघ र दुर्गा प्रसाईको राजावादी समूहले प्रदर्शन गर्ने घोषणा गरेर तयारी गरे पछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको जिल्ल सुरक्षा समितिको बैठकले सोमबारदेखि एक महिनासम्मका लागि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

advertisement_1676551694.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg