राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ जेष्ठ, २०८१
काठमाडौँ जेठ २८ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेश सभाको सोमबार बसेको बैठकमा विश्वासको मत मत पाएका हुन् ।
आज बसेको प्रदेश सभाको बैठकमा ५९ सांसद उपस्थित थिए। ६० सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ।
पाण्डेलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मतदान गरे ।
प्रदेश सभामा माओवादी संसदीय दलमा रहेका देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिए । प्रस्तावको विपक्षीमा नेकपा एमाले २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरेका हुन् ।
नेपाली काँग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।