शनिबार, ३ फाल्गुन, २०८१

एमाले काठमाडौँको ७ औँ जिल्ला अधिवेशन शनिबार ओलीले उद्घाटन गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ जेष्ठ, २०८१

एमाले काठमाडौँको ७ औँ जिल्ला अधिवेशन शनिबार ओलीले उद्घाटन गर्ने

काठमाडौँ, जेठ २४ । नेकपा एमालेको काठमाडौँको ७ औँ जिल्ला अधिवेशन आगामी शनिबारदेखि सुरु हुने भएको छ । आगामी २६, २७ र २८ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको हो ।

अधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेका बताइएको छ । अधिवेशनमा ५८५ जना प्रतिनिधिहरुको सहभागितामा हुने छन् । अधिवेशनमा पार्टी कामको समीक्षा, राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।

जेठ २७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन भएको छ ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif