शुक्रबार, २९ असार, २०८१

advertisement_1712329002.jpg

नेपाली विद्यार्थीहरुको उद्धारको लागि परराष्ट्रमन्त्री स्वयं इजरायल जाने।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ आश्विन, २०८०

नेपाली विद्यार्थीहरुको उद्धारको लागि   परराष्ट्रमन्त्री स्वयं इजरायल जाने।

काठमाडौँ। आज नेपाल एयरलायन्सको विमान नेपालीहरूलाई लिन इजरालय जाँदैछ। सोही जहाजमा परराष्ट्र मन्त्री साउद इजरायल जान लागेको बताइएको छ । नेपालीहरूको उद्धार टोलीको नेतृत्व मन्त्री स्वयंले गर्दैछन्।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरूलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो। नेपालीलाई लिन नेपाली विमान त्यसतर्फ बुधबार राति ११ जाने बताइएको छ।  

परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग समन्वय गरी स्वदेश फर्किने नेपालीहरूको विवरण संकलन गरेको छ। 

गत शनिबार प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ। चार जना घाइते भएका छन् भने एक जना अज्ञात रहेका छन्। घाइतेमध्ये दुई जना डिस्चार्ज भएको बताइएको छ । नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको भन्दै हस्तान्तरण गरेपछि मात्रै उच्च प्राथमिकता साथ नेपाल ल्याउने जानकारी रहेको छ।

advertisement_1676998982.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg