राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १७ जेष्ठ, २०८१
काठमाडौं, जेठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वीटजरल्याण्ड र जर्मनी भ्रमण जाने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषदले ३१ जेठदेखि हुने उनको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।
उनका अनुसार ३१ जेठमा राष्ट्रपति पौडेल स्वीटजरल्याण्डको जेनेभा जानेछन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिने कार्यक्रम रहेको बताइएको छ ।
त्यसपछि राष्ट्रपति पौडेल जर्मनी भ्रमणको कार्यक्रम रहेका बताइएको छ ।