शनिबार, २ असार, २०८१

advertisement_1712329002.jpg

इरानका राष्ट्रपति रइसीको हेलिकप्टर दुर्घटनामापरि मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ७ जेष्ठ, २०८१

इरानका राष्ट्रपति रइसीको हेलिकप्टर दुर्घटनामापरि मृत्यु

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामापरि मृत्यु भएको छ । उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि मृत्यु भएको छ।

आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

राष्ट्रपति रइसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो।

राष्ट्रपति  रइसी र विदेशमन्त्री अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान भेटिएको थियो । राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर खोज्न २० वटा भन्दा बढी उद्धार टोली खटिएका थिए । 

दुर्घटना कसरी भयो भन्ने बारे जानकारी नआएपनि राईसीको हेलिकप्टर एक्कासी प्रतिकुल मौसम खरावको कारणले  दुर्घटना भएको हुनसक्‍ने विज्ञहरुको अनुमान छ ।

advertisement_1676551694.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg