शनिबार, २ असार, २०८१

advertisement_1712329002.jpg

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ६ बैशाख, २०८१

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपालगन्ज(बाँके) पवन जायसवाल ।
    ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको १४ औं वार्षिक साधारण सभा बैशाख ५ गते बुद्धवार सम्पन्न भएको छ ।
 नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–५ फुल्टेक्रा स्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको १४ वर्षमा करीब ढाई लाख कानका बिरामीहरु लभान्वित भएका छन् ।
    ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका सचिव प्रदीप शाहद्वारा सञ्चालित कार्यक्रममा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका अध्यक्ष बिमल कुमार टण्डनको अध्यक्षतामा, नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिष्टले १४औं वार्षिकोत्सव र नयाँ वर्ष २०८१ सालको सबैलाई शुभकामना दिदैं हस्पिटललाई उप–महानगरपालिकाबाट सहयोग गनेृ प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै यस हस्पिटलको गुणस्तरीय सेवाले गर्दा नेपाल र भारतमा नेपालगन्जको पहिचान बढेको छ अझै गुणस्तरीय सेवा बढदै जाओस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । यसरी सो कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जका अध्यक्ष बीरेन्द्र बाहदुर शाह, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रकाश तिमिल्सिना लागायतले शुभकामना व्यक्त गरेका थिए ।  
    ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा कार्यसमितिका सदस्य अभिनाष चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका प्रबन्धक चेत नारायण चौधरीले बिचार व्यक्त गर्दै नेपाल सरकारमा बि.सं.२०६६ सालमा दर्ता भएकोे पहलिो संस्था ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हो, यस हस्पिटलमा २६ जना कर्मचारी कार्यरत रहेको जानकारी गराएका थिए । कार्यक्रममा यस क्षेत्रमा आजको समयमा सबैभन्दा बढी ९९ औं पटक रक्तदान गर्नु हुने सञ्चारकर्मी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाललाई प्रमुख अतिथि प्रशान्त बिष्ट, हस्पिटलका अध्यक्ष बिमल कुमार टण्डन, बिशिष्ट अतिथि चन्द्र प्रकाश तिमिल्सिनाले खादा ओढाएर सम्मान गर्नुभएको थियो । सीमा चौधरी र मधु शाहले प्रमुख अतिथि, बिशिष्ट अतिथि र अतिथिहरुलाई खादा ओढाएर स्वागत गर्नुभएको थियो । प्रबन्धक चेत नारायण चौधरीले गत आर्थिक वर्ष २०७९÷ ०८० को प्रगति प्रतिवेदन बिरामी दर्ता ३२०२८ जना जस मध्ये कान ९ हजार ९ सय १८ जनाको कान पाक्ने रोग भेटिएका थिए । ७ सय ७४ जनाको कानको अप्रेशन, ४ हजार २ सय ६८ जनाले प्याथालोजी सेवाबाट लभान्वित भएका थिए । २०६६÷०६७ देखि आ.व.२०७९÷ ०८० सम्म २,४८९८२ जना कानका बिरामीहरु लभान्वित भएको बताएका छन् ।
    यस संस्थाले कान सम्बन्धि सबै रोगको परीक्षण र औषधि उपचार वाक्स,फारेन बोदि रिमुभ अप्रेशनहरुमा एम.प्लाष्टि, टि.प्लाष्टि, एम.आर.एम, आर.एम.,तथा कानको सुनाईको जाँच, कान सुन्ने मेशिनहरुको जडान जस्ता सम्पूर्ण सेवाहरु, विरामीहरुलाई अझ व्यवस्थित र सहुलियत दरमा सेवा प्रदान गर्नको लागि आफ्नै प्याथोलोजिक सेवा सञ्चालनमा रहेको छ । विरामीहरुलाई थप गुणस्तरीय कान उपचार सेवा दिन र विरामीहरुको सुरक्षालाई ध्यानमा राखी प्याथोलोजी विभागमा थप परिक्षणहरु समेत सुरु गरिएको छ । विरामीहरुलाई सहुलियत दरमा गुणस्तरीय र भरपर्दो औषधि उपलब्ध गराउन संस्थाले औषधि पसल सञ्चालन गरेको ।
कार्यक्रममा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका निर्देशक अजय बैश्य, कार्य समितिका पदाधिकारी र रौनक अली इद्रिसी, केशवराम वर्मा, ज्ञानीराम वर्मा लगायत आजीवन सदस्य र कर्मचारीहरुको सहभागिता रहेको सो कार्यक्रममा संस्थाका सचिव प्रदीप शाहको सक्रिय सहयोग रहेको थियो ।
 

advertisement_1676551537.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg