बिहीबार, १४ मंसिर, २०८०

साइनिङ अस्पतालको सामाजिम परिक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न। 

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ कार्तिक, २०८०

साइनिङ अस्पतालको सामाजिम परिक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न। 

नेपालगन्ज। (बाँके) पवन जायसवाल ।आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालको सामाजिम परिक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक कार्तिक २२ गते बुद्धवार समपन्न भएको छ ।
जानकी गाउँपालिका वार्ड नं.–३ मानपुर स्थित रहेको साइनिङ अस्पतालले छाला, कुष्ठ तथा क्षयरोगका विरामीहरुको उपचार गर्दै आएको छ यस अस्पतालमा आर्थिक वर्ष २०७९÷८० मा १ सय २६ जना कुष्ठरोगीको पहिचान भएको हो ।पहिचान भएका मध्ये ५७ जना बाँके कुष्ट रोगी रहेका छन् ।

बाँकेको जानकी गाउँपालिका वार्ड नं.– ३ मा आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालका अस्पताल प्रमुख मंगल बहादुर थारुले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आर्थिक वर्ष ०७९÷८० मा १६ हजार ४ सय ५६ जना विरामीले ओपिडि (बहिरंग सेवा) दिएको अस्पताल जानकारी दिनुभयो । 

भेषराज बस्नेतद्वारा सञ्चालित, जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चौधरीले जिल्ला समन्वय समितिसंग बजेट नभएपनि ८ वटा स्थानीय तहबाट सहयोग मिल्न सक्छ । मानव जीवनमा सबभन्दा शिक्षा र स्वास्थ्य ठूलो चीज हो रहेको ।  सो कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका क्षय÷कुष्ट फोकल पर्सन रबिन्द्र कुमार शाह, बर्दियाका क्षय÷कुष्ट फोकल पर्सन जीवन रजौरे, जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल, बर्दिया जिल्लाको गेरुवा गा.पा. वार्ड नं.–६ का सेवाग्राही माथवर शाहीले १२ महिना देखि उपचार गराइृ रहेको छु , ९९.९ प्रतिशत पारिवारिक सहयोग हुँदैन, यस संचालित साइनिङ अस्पतालका कर्मचारीहरुको बोलीबानीले गर्दा चलिरहेको छ  । पहिला भन्दा अहिले धेरै सुधार भएको बताएका छन् । स्वयं सहायता समूह जानकी गा.पा.को शिवपुरीमा, नरैनापुर गा.पा.को मटेहियामा, बैजनाथ गा.पा.को टिटिहिरियामा, कोहलपुर नगरपालिकाको रझेनामा, बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाको बगनाहा र बारबर्दिया नगरपालिकाको ढुढुवारमा स्वयं सहायता समूह रहेको छ । 

कार्यक्रममा बहिरंग सेवा हप्ताको ६ दिन सम्म चल्छ, स्लिट स्किन स्मियर टेस्ट ६ सय ९२ जना, अन्य परिक्षण ११ हजार ५ सय १७ जनाको प्रयोगशाला जाँच गरिएको थियो । २०७९÷०८० मा भिएमटी÷एसटी १०५१ सत्रहरु १ सय ७५ जना बिरामीलाई जुत्ता आपूर्ति, ८ सय ८३ जना शारीरिक व्यायाम,  एसएसओ सत्र २९७ सत्रमा ५१ जना बिरामीलाई सेल्फ केयर तालिम दिएको थियो । 

कार्यक्रममा भूगोल खबरका बिक्रम बुढाथोकी, रबिन्द्र घिमिरे, गैसस महासंघ नेपाल बाँकेका तारा खत्री लगायतले आ–आफनो जिज्ञासा राख्नुभएको छ । सहभागीहरुको सुझावसल्लाहको जवाफ आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालका अस्पताल प्रमुख मंगल बहादुर थारुले दिनुभएको थियो ।

बिशिष्ट अतिथि जानकी गाउँपालिका प्रमुख छब्बन खान, जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, नेपाल कुष्टरोग निवारणका श्रीराम चौधरी, भूगोल खबरका बिक्रम बुढाथोकी, रबिन्द्र घिमिरे, नेपाल क्षयरोग निवारण संस्था बाँकेका सभापति बदरुद्दीन अन्सारी, पीएस पात्रो न्यूजका पहल केसी, नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, रासस बाँके प्रमुख युवराज पाण्डे, टिबी नेपालका हिकमत खडका, स्वास्थ्य कार्यालय बाँकेका क्षय÷कुष्ट फोकल पर्सन रबिन्द्र कुमार शाह, बर्दियाका क्षय÷कुष्ट फोकल पर्सन जीवन रजौरे, खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल, जानकी गा.पा. वडा नं.–३ का वडाध्यक्ष राजकुमार कुर्मी, वडा सचिव लाल बहादुर राना, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, जिससका गौतम घर्तीमगर, गैसस बाँकेका तारा प्रसाद खत्री, आई.एन.एफ नेपाल बाँके संयोजक– अभिषेक बिक, प्रशासन तथा सम्पर्क–याम बहादुर केसी, बित्त–लोकेन्द्र बहादुर रोका क्षेत्री, प्रशासन– नरेन्द्र बहादुर साउद, साझेदारी– राम कृष्ण हुमागाई, कल बहादुर बपाल, किसन सुवेदी, सकुन्तला सुवेदी, जानकीका परार्मशदाता सोहराबअली दर्जी लगायतको सहभागिता रहेको थियो ।

सेवाग्राहीहरुमा राप्तीसोनारी गा.पा. वार्ड नं.–६ का जालुराम थारु, बैजनाथ गा.पा. वार्ड नं.–८ का रोहित कुमार थारु, प्रवीन बिक, मुगुका धनकर्ण रोकाया, गेरुवा गा.पा. वार्ड नं.–५ का माथवर शाही, प्रगति स्वयं सहायता समूहका गुलाम हसमत साई, नरैनापुर गा. पा. घोडदौरियाका अकबाल अहमद नाउँ लगायत जनप्रतिनिधि, स्वास्थ्य संस्थाका अधिकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालमा नेपालको विभिन्न जिल्लाहरु र भारतको विभिन्न स्थानबाट कुष्टरोगीहरुले सेवा लिन आउने गरेका छन् ।

advertisement_1680627680.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg