बिहीबार, १४ मंसिर, २०८०

सोनारी गाउँपालिकामा आयोजनामा बृहत रक्तदान कार्यक्रम।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ कार्तिक, २०८०

सोनारी गाउँपालिकामा  आयोजनामा  बृहत रक्तदान कार्यक्रम।

नेपालगन्ज÷(बाँके) पवन जायसवाल ।
नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिकाको आयोजनामा कार्तिक १० गते शुक्रवार बृहत रक्तदान कार्यक्रममा महिला पुरुष गरी ९६ जनाले रक्तदान गरेका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ वडा कार्यालयको आर्थिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीको आयोजनामा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ राप्ती सोनारी गाउँपालिका वार्ड नं.–६ वडा कार्यालयमा आयोजित वृहत रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी अध्यक्ष दिव्या गुरुङ्गको अध्यक्षतामा, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तप्त पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्यले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक प्राविधिक होमराज गिरीलाई र महेश राना क्षेत्रीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
आयोजित बृहत रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ७६ औं पटक र केन्द्रिय सदस्य प्रवास शाक्यले ८० औं पटक र बाँके जिल्ला अध्यक्ष दिला शाहले २६ औं पटक रक्तदान गर्नु भएको छ । 


यसरी रक्तदान कार्यक्रममा कृष्ण प्रसाद खत्री, सन्तोष थारु, मनोज हरिजन, अरुण कुमार यादव, राम प्रताप मौर्य, राम शंकर थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका अध्यक्ष दिव्य गुरुङ्ग, समाजका सचिव सुकराम थारु, हरि प्रसाद थारु, निम बहादुर बुढाथोकी, गिर बहादुर जिएम, प्रेम बहादुर थारु, मनोज कुमार मौर्य, राम प्रसाद थारु, गणेश बहादुर मगर, चन्द्र बीर चौधरी, राम कुमार थारु, जग बहादुर चौधरी, महेश थापा, लोक बहादुर घर्ती, गोपीलाल थारु, विनोद थारु, नारायण गुरुङ्ग, हिकमत पुन, शिव बहादुर राना, रितेष रावल, दिनेश कुमार थारु, राज कुमार पुन, गहेन्द्र थारु, टेक बहादुर घर्ती, अर्जुन थार, सीताराम थारु, प्रकाश शर्मा, कृष्ण कुमार पुन, बिष्णु पुन, सितल थारु, दिनेश थारु, श्रवण सिंह, राजु परियार, मान बहादुर बिक, आकाश परियार, उमेश पुनमगर, सूर्य बहादुर, प्रदीप परियार, डम्बर बिष्ट, सुमन रानामगर, प्रमिला चलाउने, युवराज ऐरी, लोक बहादुर पुनमगर, किशोर थापा, सुरज रेउले, बिशाल थारु, रबिन्द्र थारु, प्रेम बहादुर थारु, बीर बहादुर थारु, पे्रम कुमार चौधरी, भवानी तामाङ्ग, बिनायक राज खनाल, अर्जुमान थारु, सरपुन बुढामगर, गणेश थारु, सुस्मिता थारु, अनिल घतीृमगर, कृष्ण बहादुर ओली, बिक्रम सुनार, सन्तोष थारु, प्रतिमा खरेल, मुकुन्द पाण्डे, सन्तोष थारु, देवीराम घर्ती, प्रेम बहादुर थापा, दीपक थापा, सुरेश थारु, रघु बुढामगर, मनिष तामाङ्ग, अविशेष ओली, नारायण सिंह राजबंशी,  अर्जुन पुन, जिम्बु राना, पूरन रोका, हरि प्रसाद थारु, राम बहादुर थारु, लक्ष्मी थारु, मदन सिंह थारु लगायत ९६ जनाले रक्तदान गरेका छन् । 


कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका सचिव सुकराम थारुद्वारा सञ्चालित कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि तप्त पौडेलले गाउँपालिका तर्फबाट रक्तदान कार्यक्रमका लागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिशिष्ट अतिथि तथा समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले हरेक स्वथ्य व्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्छ म १ सय ७६ पटक रक्तदान गर्दैछु आज सम्म सिटामोल पनि खाएको छैन, राप्ती सोनारी गाउँपालिकाले वर्ष कमसे कम २–३ पटक रक्तदान गर्नमा सहयोग गर्नु पर्छ , अतिथि तथा बाँकेका सल्लाहकार पूर्णलाल चुके, राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लबराज खरेलले वडा कार्यायलले रक्तदान कार्यक्रममा सहगोग गरी रहेको र अझ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्रका होमराज गिरी, महेश राना क्षेत्री, सुनिल रत्गैया, पुनम राना, सञ्जय बढही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए । 


सो कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तप्त पौडेलले समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य गोबिन्द वाग्ले, बाँकेका सल्लाहकार पूर्णलाल चुके, सल्लाहकार तथा समाजसेवी माधवराम वर्मा, सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवाल, समाजका सचिव भिष्म लोध, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका उपाध्यक्ष अमृता केसी, कोषध्यक्ष सुशीला थारु लगायत समाजका पदाधिकारी, स्थानीय स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।

 


 

advertisement_1676998982.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg