बिहीबार, ९ जेष्ठ, २०८२

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ जेष्ठ, २०८१

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

काठमाडौं, ९ जेठ २०८१ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी गराएका हुन् ।

सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसाको लागि आवेदन दिएका थिए । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा आवेदन गरेका थिए ।

क्रिकेटर लामिछानेलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। सन्दीप आइसीसी टी–२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif