शुक्रबार, २८ कार्तिक, २०८३

कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १३ कार्तिक, २०८३

कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

२०८३ कार्तिक १२ काठमाडौँ । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले यही कात्तिक १५ गते आइतबारदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको प्रकारअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको जनाएको छ ।

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप र माइक्रोबसजस्ता हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, मिनी बस, मिनी टिपर तथा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बस तथा ठूला ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्नेछ ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क लागू गर्न लागिएको आयोजनाले जनाएको छ ।

advertisement_1680627706.gif