शनिबार, २ असार, २०८१

advertisement_1712329002.jpg

वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३० चैत्र, २०८०

वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

काठमाडौं । नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई पूर्णकालीन खुल्ला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै ठमेल र दरबारमार्ग क्षेत्र शनिबारदेखि चौबिस घण्टा खुला राख्ने घोषणा गरेका हुन् ।

संघीय राजधानीको दुवै व्यवसायिक क्षेत्र भएकाले उल्लेख गर्दै चौबिस घण्टा खुला राख्दा आर्थिक गतिविधि चलायमान हुनुका साथै थप रोजगारी सिर्जना दुवै संस्थाको दाबी छ । दुवै क्षेत्रलाई चौबिस घण्टा खुला राख्न लामो समयदेखि माग हुँदै आएको थियो । सरकारले सकारात्मक संकेत गरेपछि दुवै संस्था घोषणा गर्न अघि सरेका हुन् ।

व्यवसाय सञ्चालन भएपछि ठमेल क्षेत्रमा करिब ६० हजार नयाँ रोजगारी सिर्जना भएको ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले बताए ।उनले भने, 'अहिलेको अवस्थामा व्यवसाय सुरु भएपछि ठमेल क्षेत्रमा करिब ६० हजार नयाँ रोजगारी सिर्जना भएको छ । दुई वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ठमेलमा आठ हजार पाँच सय व्यवसायीले आफ्नो व्यवसाय चलाएका छन् । अब २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा व्यवसाय र रोजगारी बढ्नुका साथै राज्यलाई राजस्व संकलनमा वृद्धि हुनेछ ।'

बोर्डका अध्यक्ष शर्माले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सै घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने बताए । ठमेलको सातघुम्ती, चाक्सीबारी, ज्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिने उनको भनाइ छ ।

आचारसंहिताअनुरूप मापदण्ड नपुगेका व्यवसायलाई भने वैशाख २ गतेदेखि बन्द गरिने जानकारी कार्यक्रममा दिइयो। मापदण्ड पूरा गर्न समयसीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने, पालना नभए कानुनी दायरामा ल्याइने बोर्डले जनाएको छ ।

advertisement_1676551694.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg