राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २१ चैत्र, २०८२
२०८२ चैत्र २१, काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए ।
उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।
सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।