आईतवार, २९ चैत्र, २०८२

वरिष्ठ कलाकार सुनिल थापाको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २५ माघ, २०८२

वरिष्ठ कलाकार सुनिल थापाको निधन

२०८२ माघ २४, काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हाे ।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियाे ।

लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थापा खलनायक भूमिकालाई पनि नायकसरह लोकप्रिय बनाउने कलाकारका रूपमा चिनिन्थे । नेपाली चलचित्र क्षेत्रको एक बलियो धरोहर मानिने उनको असामयिक निधनले सम्पूर्ण कला जगतलाई स्तब्ध बनाएको छ।

advertisement_1676551646.gif