शुक्रबार, २ फाल्गुन, २०८१

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ११ जेष्ठ, २०८१

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

धनुषा, जेठ ११ । नागरिकता प्रकरणमा यही मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो । 

नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको थियो । बुधबार अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सिरोहियामाथि नागरिकता किर्तेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif