बिहीबार, १३ चैत्र, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले पक्राउ गर्यो

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ८ जेष्ठ, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले पक्राउ गर्यो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उनको कार्यकक्षबाट प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले आज अपरान्ह पक्राउ गरेको हो । 

सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif