सोमबार, ३ बैशाख, २०८१

advertisement_1712329002.jpg

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ११ फाल्गुन, २०८०

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त।

काठमाडौँ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त भएका छन् ।  प्रधानमन्त्री तथा कुलपति कार्यालयले बिहीबार त्रिविको २० औं उपकुलपतिमा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई नियुक्त गर्ने निर्णय गरेको हो । बराल व्यवस्थापन संकायअन्तर्गतको वित्त विषयका प्राध्यापक हुन् ।  व्यवस्थापन प्रशासन र वाणिज्यमा  त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर गरेका  बरालले भारतस्थित दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि  समेत गरेका छन् ।करिब ३७ वर्ष पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेर उनी दुई वर्षअघि अवकाश भएका थिए । अवकाश पाए पनि त्रिवि र नेपाल खुला विश्वविद्यालयको सभा सदस्य छन् भने विश्वविद्यालय अनुदान आयोगमा विज्ञ सदस्यका रूपमा सक्रिय छन् । ।

advertisement_1676553908.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg