राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
कात्तिक २८, २०८२काठमाडौँ । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको बताइएको छ ।
विभागले आज सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द गरिएको बताएको छ ।
कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको सेवा आजदेखि बन्द भएको हो ।