राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३० चैत्र, २०८०
काठमाडौं, । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन् ।
मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।
प्रदेशसभाको शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी र लोसपाका सांसदहरू अनुपस्थित रहेका थिए।
महरालाई चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले चैत २५ गते प्रदेश प्रमुख शेरचन समक्ष शपथ ग्रहण गरेका थिए ।