शनिबार, ३० कार्तिक, २०८२

नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता,आयोगद्वारा दल दर्ताको प्रमाणपत्र प्रदान

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता,आयोगद्वारा दल दर्ताको प्रमाणपत्र प्रदान

२०८२ कार्तिक २८, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १२ वटा वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले आज दल दर्ताको प्रमाणपत्र प्रदान गरेको सो पार्टीका नेता लिलामणि पोखरेलले जानकारी दिए ।

गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एस) लगायत १० दलबीच एकता घोषणा गरिएको थियो । पछि भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसमेत सोही पार्टीमा समाहित भएको थियो ।

आयोगले आज (शुक्रबार) प्रमाणपत्र दिएको हो । दल दर्ताको प्रमाणपत्र लिन राजेन्द्र पाण्डे, लिलामणि पोखरेललगायत आयोग पुगेका थिए ।

नेताहरुले सो प्रमाणपत्र पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, बामदेव गौतमलगायतका नेताहरुलाई हस्तान्तरण गरेका थिए।

advertisement_1676553908.gif
अन्य समाचार