शुक्रबार, २९ कार्तिक, २०८२

प्रधानमन्त्रीद्वारा मतदाता नामावलीको म्याद थप गर्न आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

प्रधानमन्त्रीद्वारा मतदाता नामावलीको म्याद थप गर्न आग्रह

२०८२ कार्तिक २८, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग शुक्रबार भएको टेलिफोन कुराकानीमा म्याद थपका लागि आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् ।

advertisement_1676551537.gif
अन्य समाचार