राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
कात्तिक २८, २०८२ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । छुट्टै अभियान सञ्चालन गर्ने उद्देश्यले परियारले राजीनामा दिएको बताएका छन् । पार्टी परित्याग गरेपछि उनी जनार्दन शर्मा संगको सम्पर्कमा गएको र उनीसंगै जोडिने बताइएको छ ।
रास्वपाका प्रवक्ता मनिष झालाई नेता परियारले इमेलमार्फत रास्वपा त्यागेको इमेल मार्फत जानकारी दिएको बताइएको छ ।
परियारले कार्यवाहक उपसभापति र महामन्त्रीलाई इमेलमार्फत रास्वपाबाट अलग हुने जानकारी गराएको बताइएको छ । परियार विघटित प्रनिधिसभा सदस्य एवं रास्वपाका प्रमुख सचेतक थिए ।