मंगलवार, १८ चैत्र, २०८१

आज गणतन्त्रवादी र राजावादीहरूको छुट्टाछुट्टै प्रदर्शन, २५ सय सुरक्षाकर्मी परिचालन गरिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १४ चैत्र, २०८१

आज गणतन्त्रवादी र राजावादीहरूको छुट्टाछुट्टै प्रदर्शन, २५ सय सुरक्षाकर्मी परिचालन गरिँदै

१५ चैत्र, २०८१ काठमाडौँ । आज काठमाडौँमा गणतन्त्रवादी र राजावादीहरूको छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।

काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चालाई भृकुटीमण्डपमा र राजावादी पक्षलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिएको छ। प्रशासनको सुरक्षा रणनीतिअनुसार राजावादीको कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, ग्वार्काे, कोटेश्वर हुँदै तीनकुने आउनेछ ।

यस्तै, भक्तपुरतर्फबाट आउने जुलुस कोटेश्वर हुँदै तीनकुने आउनेछ भने अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने आउनेछ । यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउनेगरी राजावादीको जुलुसको अर्को रुट तय गरिएको छ ।

समाजवादी मोर्चाको जुलुस भने रिङरोडभित्रै सीमित राख्ने प्रशासनको योजना रहेको छ । भक्तपुरतिरबाट आउने समाजवादी मोर्चाका समर्थक सवार गाडीलाई प्रहरीले कोटेश्वरबाट बालकुमारीतर्फ डाइभर्सन गरेर पठाउने भएको छ ।

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्नेगरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ ।

लोकतन्त्र पक्षधर र राजावादीहरुको जुलुश प्रदर्शनका लागि करिव ६ हजार सुरक्षाकर्मी र ८ सय ट्राफिक प्रहरी खटिने भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार १५  गते हुने राजावादी प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई खटाउने योजना बनाएको छ । नेपाल प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif