बिहीबार, १३ कार्तिक, २०८३

अमेरिकाबाट कुरियरमार्फत ल्याइएको १.३३ किलो गाँससहित दुई भारतीय नागरिक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

अमेरिकाबाट कुरियरमार्फत ल्याइएको १.३३ किलो गाँससहित दुई भारतीय नागरिक पक्राउ

२०८३ कार्तिक ११ काठमाडौँ । अमेरिकाबाट कुरियरको आवरणमा नेपाल भित्र्याइएको एक किलोभन्दा बढी गाँससहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा ‘कन्ट्रोल डेलिभरी’ ( नियन्त्रित डेलिभरी) विधि प्रयोग गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गएको मंगलबार कुरियरमार्फत अमेरिकाबाट आएको एक किलो ३३८ ग्राम गाँजा बरामद गरिएको थियो। उक्त लागूऔषध रिसिभ गर्न आएका बखत उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।पक्राउ  पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवरसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्। प्रहरीले उनीहरूको साथबाट अनुसन्धानका लागि दुई थान मोबाइलसमेत बरामद गरेको छ ।

अन्तर्राष्ट्रिय कुरियर सेवाको दुरुपयोग गरी लागूऔषध तस्करी हुने गरेको घटनाबारे प्रहरीले अहिले गहिरो अनुसन्धान गरिरहेको छ । यस गिरोहमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा समेत थप तहकिकात भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676553908.gif