बिहीबार, ९ जेष्ठ, २०८२

अर्थतन्त्रको विद्यमान अवस्था बुझेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ असार, २०८१

अर्थतन्त्रको विद्यमान अवस्था बुझेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने

काठमाडौँ । अर्थतन्त्रको विद्यमान अवस्था बुझेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । राष्ट्र बैंकका आफ्नै सीमा र कार्यादेश भए पनि त्यही भित्र  बसेर आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइने  र  त्यसका लागि आफूहरु अन्तिम तयारीमा जुटेको गभर्नर अधिकारीले बताए ।

उनले घरजग्गा कारोबार,साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे ।
आगामी मौद्रिक नीतिका लागि सुझाव लिन मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif