सोमबार, ७ बैशाख, २०८३

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

२०८३ बैशाख ०७, देउखुरी दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत तेह्रौं बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सर्वप्रथम प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यक्रम तय गरिएको छ ।

advertisement_1676553851.gif