बुधबार, २७ जेष्ठ, २०८३

नेपाल रेडक्रस सोसाइटीका लागि तदर्थ समितिको अध्यक्षमा भण्डारी

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

नेपाल रेडक्रस सोसाइटीका लागि तदर्थ समितिको अध्यक्षमा भण्डारी

२०८३ जेष्ठ २६, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको नेतृत्वमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

भण्डारी यसअघि नेपाल रेडक्रस सोसाइटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए ।

advertisement_1676551537.gif