बिहीबार, २९ फाल्गुन, २०८१

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १ फाल्गुन, २०८१

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ

१ फागुन, काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । प्रहरीले जोशीलाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नयाँ बानेश्वरबाट जोशीलाई नियन्त्रणमा लिएको जनाएको छ । २४ माघमा ठमेलमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टमाथि जोशीको समूमले कुटपिट गरेको थियो ।

उक्त घटनामा यसअघि ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा पक्राउ परेका थिए । घटनाका मुख्य योजनाकार जोशीलाई उन्मुक्ति दिएको भन्दै सर्वत्र आलोचना भएको थियो ।

त्यसपछि बुधबार गृहमन्त्री रमेश लेखकले प्रहरी कुटपिटमा संलग्न जोसुकै भएपनि पक्राउ गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । त्यसपछि जोशी पक्राउ परेका हुन् ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif