आईतवार, १७ जेष्ठ, २०८३

रास्वपाकै सांसदहरूले आशिका तामाङलाई संसद् बैठकबाट बाहिर लगियो

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

रास्वपाकै सांसदहरूले आशिका तामाङलाई संसद् बैठकबाट बाहिर लगियो

२०८३ जेष्ठ १७, काठमाडौं । प्रतिनिधि सभा बैठकबाट सांसद आशिका तामाङलाई बाहिर निकालिएको छ ।

प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले आपत्ति जनाएपछि तामाङ आक्रोशित भएकी थिइन् । उनी आफ्नो सिटबाट उठेर अगाडि बढेपछि उनलाई रास्वपाकै सांसदहरुले रोकेका थिए ।

रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उनको हात समातेर बाहिर निकालेका हुन् ।

advertisement_1676553908.gif
अन्य समाचार