शनिबार, ६ असार, २०८३

रास्वपा सभापति लामिछानेविरुद्ध सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

रास्वपा सभापति लामिछानेविरुद्ध सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

२०८३ असार ०५, काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।

यद्यपि, अदालतले लामिछानेमाथि लगाइएको सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् कायम रहने स्पष्ट गरेको छ ।

सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा रवि लामिछानेसहित अन्य प्रतिवादीहरूविरुद्ध दायर सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोगपत्र संशोधनको निवेदन दायर गरेको थियो । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सङ्गठित अपराधको अभियोग फिर्ता लिन अनुमति प्रदान गरेको हो ।

अदालतको आदेशसँगै अब उक्त मुद्दा सहकारी ठगीसम्बन्धी कसुरमा केन्द्रित भएर अगाडि बढ्नेछ ।

advertisement_1676998982.gif