शनिबार, १३ असार, २०८३

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

२०८३ असार १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापति पदमा निर्वाचित भएकी छन् । चितवनमा शुक्रबार सम्पन्न मतदानको अन्तिम मतपरिणाम अनुसार, आफ्नी निकटतम प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई २१७ मतान्तरले पराजित गर्दै गौतम उपसभापतिमा चुनिएकी हुन् । निर्वाचन आयोगका अनुसार विजयी गौतमले ७८९ मत प्राप्त गर्दा पराजित डा. कार्कीले ५७२ मत मात्रै पाइन्।

रास्वपा स्थापनाकालदेखि नै पार्टीमा सक्रिय र वर्तमान सरकारकी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेकी गौतमको यो जितसँगै पार्टीको शीर्ष नेतृत्वमा महिला प्रतिनिधित्व स्थापित भएको छ ।

advertisement_1676551694.gif