राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ साउन ३१, काठमाडौँ । वैतडी पुगेर बिरामी भएका भैतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढी ल्याइएको छ ।
आफैँ गाडी चलाएर शनिबार बेलुका दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो ।
उनलाई धेरै गार्हो भएपछि सेनाको हेलिकप्टरबाट धनगढी ल्याइएको हो । धनगढीबाट मन्त्री लम्साल प्लेनमार्फत काठमाडौँ फर्किने छन् ।
मन्त्री लम्साल बैतडी र बझाङका विभिन्न ठाउँको राजमार्ग र पूर्वाधारको अवस्था निरीक्षण गर्न गएका थिए ।