राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ भदौ १८ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयहरूमा छलफल हुने जनाइएको छ ।
बैठक बिहान १०:०० बजे काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुनेछ ।
समसामयिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ ।