शुक्रबार, २१ कार्तिक, २०८३

एमालेपछि नेकपाले पनि छाड्यो सरकार, संकटमा मधेशका मुख्यमन्त्री

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

एमालेपछि नेकपाले पनि छाड्यो  सरकार, संकटमा  मधेशका   मुख्यमन्त्री

२०८३ कार्तिक २० काठमाडौँ।मधेश प्रदेश सरकारमा ठूलो राजनीतिक फेरबदल आएको छ । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मन्त्रीहरूले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनअनुसार बसेको संसदीय दलको भर्चुअल बैठकको निर्णयबमोजिम शुक्रबार उनीहरूले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । यससँगै नेकपा मधेश प्रदेश सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ।

राजीनामा दिने मन्त्रीहरूमा अर्थमन्त्री तथा नेकपा संसदीय दलका नेता युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन् । मन्त्रीहरूको यो कदमपछि मधेश प्रदेशको राजनीतिक समीकरण र वर्तमान सरकारको भविष्यलाई लिएर विभिन्न राजनीतिक अड्कलबाजीहरू सुरु भएका छन्।
 

advertisement_1676553908.gif