बिहीबार, १३ कार्तिक, २०८३

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगरबिच प्रतिस्‍पर्धा हुदै

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगरबिच प्रतिस्‍पर्धा हुदै

२०८३ कार्तिक १२ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबिच प्रतिस्‍पर्धा हुदैछ । यो खेल दिउँसो १२ : ३० बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

पहिलो खेलमा पराजित भएकाे जनकपुर पहिलो जितको प्रयासमा रहनेछ । पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको हो । १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९ ओभर ३ बलमा ११३ रन बनाउँदा हल आउट भएको थियो ।

काठमाडौँ भने एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दै छ । काठमाडौँ पहिलो खेलमा जितको खोजीमा हुनेछ भने जनकपुर दोस्रो खेलमा पहिलो जितको प्रयासमा रहनेछ ।

जनकपुर अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौँको कप्तानी करण केसीले गर्दैछन् ।

advertisement_1676553908.gif
अन्य समाचार