बुधबार, १० असार, २०८३

सभापतिका लागि रवि लामिछानेको प्रस्तावकमा बालेन

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

सभापतिका लागि रवि लामिछानेको प्रस्तावकमा बालेन

२०८३ असार ०९, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह रहेका छन् ।

रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै सभापतिले उम्मेदवारी दर्ता गराउनु भएको हो ।  रास्वपा महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यको सुरुमा चुनाव हुने प्रावधान छ । त्यसको परिणाम आएपश्चात पदाधिकारीहरुको चुनाव हुन्छ ।

निर्वाचन तालिका अनुसार साँझ ७ बजेदेखि साढ‍े सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने छ ।

त्यस्तै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि राति साढे १० बजेसम्मको समय तोकिएको छ ।

दाबी विरोधमा परेका उजुरीबारे जाँचबुझ राति ११ बजेसम्म सकिने र उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय राति सवा ११ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली राति पौने १२ बजे प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

advertisement_1676553851.gif