मंगलवार, १८ चैत्र, २०८१

तीनकुनेको आगजनीमा जलेर पत्रकारको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १४ चैत्र, २०८१

तीनकुनेको आगजनीमा जलेर पत्रकारको मृत्यु

१५ चैत्र २०८१, काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’

एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।

अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif