राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ जेष्ठ ३०, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबललाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विश्वकपमा आफ्नो ‘फेभरेट’ टोली नरहेको बताएका हुन् ।
विश्वकपको चर्चा चलिरहँदा आफूलाई धेरै शुभेच्छुक तथा साथीभाइले फेभरेट टोलीका बारेमा प्रश्न सोधेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् ।
फेसबुकमा छोटो स्टाटस लेख्दै उनले लेखेका छन्, ‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा? मेरो फेभरेट देशले खेलेकै छैन ।’