राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २ फाल्गुन, २०८१
२०८१ फागुन २ गते ,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश सजिलै पारित हुने बताएका छन् ।
एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विरोध भयो भन्दैमा अन्योलमा नपर्न आग्रह गरे । पोखरेलले भने, ‘अब अध्यादेशको विरोध भयो भन्दैमा पारित नहुने हो कि भनेर चिन्ता नगर्न आग्रह गरे । प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको हो । त्यसैले हामी जसरी पनि टुंग्याउँछौं । त्यो रोकिनेवाला छैन अन्य विकल्पहरु पनि रहेका छन् उनले भने उनले सरकारले प्रविधि क्षेत्रको सुधारका लागि पनि काम गरिरहेको बताए । सरकारले एक दशलाई आईसीटीको दशक भनेर घोषणा गरेको छ । एक दशकमा कसरी के गर्ने भन्ने योजना बनाउन सकेको छैन ।
सरकारले घोषणा गरेको यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउनुपर्छ भनेर लागी परेको बताउदै सरकारले ल्याएको अध्यादेशले त्यस तर्फ सम्बोधन गर्ने उनले बताए।