बिहीबार, ३१ बैशाख, २०८३

एसईई पूरक परीक्षाको समय तालिका सार्वजनिक, असार १ गतेदेखि सुरु हुने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

एसईई पूरक परीक्षाको समय तालिका सार्वजनिक, असार १ गतेदेखि सुरु हुने

२०८३ बैशाख ३१, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेड वृद्धि) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डको निर्णय अनुसार आगामी असार १ गतेदेखि असार ९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तय गरिएको छ ।

नियमित एसईई परीक्षामा ग्रेडिङ हुन असफल भएका वा ग्रेड सुधार गर्न चाहने विद्यार्थीहरू यस परीक्षामा सहभागी हुन पाउनेछन् । बोर्डले परीक्षार्थीहरूलाई अनिवार्य रूपमा प्रवेशपत्र साथमा ल्याउन र परीक्षाको मर्यादा पालना गर्न सूचित गरेको छ ।

advertisement_1676553908.gif