राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ १५ काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
काँग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो।
साथै, प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने जनाइएको छ।