राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ कार्तिक २० काठमाडौँ।नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न ल्याइएको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक आग्रह गरेको छ। महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई भेटेर सरोकारवालासँग पर्याप्त छलफल नगरी संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउनु लोकतान्त्रिक विधि, संसदीय प्रक्रिया र संविधानको मर्मविपरीत रहेको ध्यानाकर्षण गराएको हो।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको निष्पक्ष छानबिनको माग गर्दै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउने गरी आएको उक्त अध्यादेश यथाशीघ्र फिर्ता लिन जोडदार माग गरेको छ।