बुधबार, २७ जेष्ठ, २०८३

प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म संसदको अवरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म संसदको अवरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय

२०८३ जेष्ठ २६, काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले "नेपालले पनि भारतको भूमि मिचेको छ" भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै उक्त भनाइ अविलम्ब फिर्ता लिनुपर्ने अडान कायमै राखेको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसदमार्फत देशबासीका नाममा सम्बोधन गरेर माफी माग्नुपर्ने र उक्त गैरजिम्मेवारपूर्ण अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउनुपर्ने माग विपक्षी गठबन्धनले अघि सारेको बताए ।

प्रधानमन्त्रीले राष्ट्रिय सार्वभौमिकता र सीमाजस्तो संवेदनशील विषयमा दिएको गैरजिम्मेवारपूर्ण बयान नसच्चिएसम्म संसद् चल्न नदिने विपक्षी दलहरूको साझा रणनीति रहेको बताएका छन् ।

advertisement_1676551646.gif