आईतवार, १७ श्रावण, २०८३

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

२०८३ साउन १६, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ ।

आज बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्मका लागि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक सूचना जारी गर्दै जानकारी दिए ।

कर्फ्यु हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम अर्को सूचना जारी नभएसम्म सम्बन्धित क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको प्रशासनले जनाएको छ।

निषेधाज्ञा  इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा रहने प्रशासनले जनाएको छ ।

 प्रशासनले शान्ति-सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको जनाएको छ । यसअघि गत साउन १२ गते राति ९:०० बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो । 

advertisement_1676551694.gif