सोमबार, १८ जेष्ठ, २०८३

सञ्चार मन्त्री डा. तिमिल्सिनासँग निर्देशक हन्टरको भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

सञ्चार मन्त्री डा. तिमिल्सिनासँग निर्देशक हन्टरको भेटवार्ता

२०८३ जेष्ठ १८, काठमाडौं । स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्रास्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनासँग सिंहदरवारमा भेटवार्ता गरेकी छन् ।

भेटको क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको बताइन् । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भए मात्र अनुमति लिन सकिने धारणा उनले राखिन् । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालको केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको उनले जानकारी गराइन ।

सो भेटमा सञ्चार मन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रियाअनुरूप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताएका छन् ।

advertisement_1676551646.gif
अन्य समाचार