बिहीबार, २९ आश्विन, २०८३

भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

२०८३ असोज २८ काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमण सकेर नेपाल फर्किएका छन् । गृहमन्त्री गुरुङ तीन दिने भारत भ्रमण सकेर नेपाल फर्किएका बुधवार (आज) नेपाल आइपुगेका हुन् । 

उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली गएका थिए । गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार गृहमन्त्री गुरुङ भारत भ्रमणका क्रममा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी भएका थिए ।

नयाँदिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गरेका थिए ।

स्वदेश फर्कने क्रममा इन्दिरागान्धी अन्ताराष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग संक्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

advertisement_1676551646.gif