सोमबार, २५ श्रावण, २०८३

भारतीय राजदूत श्रीवास्तव र प्रधानमन्त्री बालेन शाहबीच सिंहदरबारमा शिष्टाचार भेट

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

भारतीय राजदूत श्रीवास्तव र प्रधानमन्त्री बालेन शाहबीच सिंहदरबारमा शिष्टाचार भेट

०८३ साउन २५ ,काठमाडौँ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको उक्त भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भइरहेको बताइएको  छ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि विदेशी राजदूतहरूसँग सामूहिक शिष्टाचार भेट गरिसकेका  बालेनले आज पहिलोपटक कुटनीतिक नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन् । पूर्व निर्धारित कार्यतालिका अनुसार उनले आज  चिनियाँ राजदूतसँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको  छ।

advertisement_1676553851.gif