बिहीबार, २० कार्तिक, २०८३

एनपीएल : काठमान्डुद्वारा विराटनगर ९ विकेटले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

एनपीएल : काठमान्डुद्वारा विराटनगर ९ विकेटले पराजित

२०८३ कार्तिक १९ काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगरविरुद्ध ९ विकेटको सानदार जित निकालेको छ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । विराटनगरका लागि रूपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन् । उच्च लयमा रहेका लोकेश बम ६ रन र वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल ३ रनमा आउट भए भने टोलीका तीन ब्याटरले खातासमेत खोल्न सकेनन् । विराटनगरको इनिङ्स ध्वस्त पार्ने क्रममा काठमान्डुका सन्तोष यादवले ३ र सहन आरच्चिगेले २ विकेट हात पारे।

८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमै १ विकेट गुमाएर सहजै भेटायो । काठमान्डुका दुई अस्ट्रेलियन ब्याटर डेभिड वार्नर ४४ र विलियम बोसिस्टो २३ रनमा अविजित रहँदै टोलीलाई दोस्रो जित दिलाए । यो जितसँगै ३ खेलमा काठमान्डुको २ जित र १ हार भएको छ भने ५ खेल खेलेको विराटनगरको यो तेस्रो हार हो ।

advertisement_1680627706.gif