बुधबार, १३ श्रावण, २०८३

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो नेपाली कांग्रेस, ५ मन्त्रीको सामूहिक राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो नेपाली कांग्रेस, ५ मन्त्रीको सामूहिक राजीनामा

 २०८३ साउन १२, बुटवल।प्रदेश सरकारमा नेकपा एमाले र नेकपा मिलेर अघि बढ्ने  सहमति संगै भएको  समीकरण परिवर्तनले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। कांग्रेसका ५ जना मन्त्रीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका हुन्।

कांग्रेस संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री आचार्यलाई मन्त्रीहरूको राजीनामा र समर्थन फिर्ताको आधिकारिक पत्र हस्तान्तरण गरेकी हुन्। राजीनामा दिनेहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

नेपाली कांग्रेस बाहिरिएसँगै अब लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएको छ। एमाले र नेकपाका शीर्ष नेतृत्वबीच नयाँ मन्त्रीहरूको नियुक्ति, मन्त्रालय बाँडफाँट तथा शक्ति सन्तुलनबारे छलफल भइरहेको  बताएइको छ।

advertisement_1676553851.gif