शनिबार, ६ भाद्र, २०८३

सुदूरमा मन्त्रिपरिषद् विस्तार : नेकपाका मन्त्री र राज्यमन्त्रीहरूले लिए शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

सुदूरमा मन्त्रिपरिषद् विस्तार : नेकपाका मन्त्री र राज्यमन्त्रीहरूले लिए शपथ

२०८३ भदौ ०५ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रदेश सरकारमा मुख्यमन्त्री भट्टले नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री बिहीबार नियुक्त गरेका हुन् ।

शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नेकपाबाट मन्त्री र राज्यमन्त्री बनेकाहरूलाई शपथग्रहण गराएका हुन् ।

नेकपाबाट प्रकाश रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, ओम विक्रम भाट ‘सरल’ भौतिक पूर्वाधार विकास मन्त्री र खुसीराम चौधरी आन्तरिक मामिला मन्त्री नियुक्त भएका छन् ।

त्यस्तै इन्दिरा गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी छिन् भने जानकी पौडेल कुँवरले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको शपथ ग्रहण गरेकी छिन् ।

नेकपाको भागमा परेका पाँच मन्त्रीको नियुक्तिसँगै प्रदेश सरकारले पूर्णता पाएको छ। सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल मुख्यमन्त्रीसहित १० सदस्यीय बनेको छ।

advertisement_1676551694.gif